राजनीति

आम चुनावको तयारीमा जुट्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले आम चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । आज (आइतबार) बिहान प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका नेपाली काँग्रेस काठमाडौंका सभापति सबुज बानियाँ र भक्तपुरका सभापति दुर्लभ थापालाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

‘हामीले जिल्ला कार्यसमितिका पदाधिकारीको भेला गरौं कि भनेर बालुवाटार गएका थियौं ’ क्तपुरका सभापति दुर्लभ थापाले भने, । त।र यस विषयलाई वेवास्ता गर्दै देउवाले भेला र बैठकभन्दा पनि चुनावको तयारीमा जुट्न निर्देशन दिएको थापाले बताए ।

प्रधानमन्त्री देउवाले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तय गरिने संकेत दिएपछि थापाले भने, ‘संघीय संसदको मंसिर ४ गते चुनावको विषय अगाडि उठिसकेका सोही ढङ्गले आन्तरिक छलफल भएको छ । उनका अनुसार निर्वाचन आयोग पनि सोही निर्देशन अनुरुप अगाडी बढेको छ ।

सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले चुनावको मिति घोषणा गर्न सक्ने थापाले बताए । उनले भने सोमवार चुनावको मितिका वारेमा ठोस निर्णय आउन नसके पनि यहि हप्ताभित्र चुनावको मिति तय हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *