समाचार

पोखरामा भिषण वर्षा, बाढी आउनसक्ने चेतावनी जारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पोखरा आसपासका क्षेत्रका साना नदीमा आकस्मिक रुपमा बाढी आउनसक्ने चेतावनी जारी गरेको छ ।

विभागले सोमबार राती सूचना जारी गर्दै कास्कीको पोखरा र आसपासका केही स्थानमा भारी बर्षा मापन भएको र थप बर्षा हुने पुर्वानुमान रहेको जानकारी दिएको छ ।

भारी वर्षाका कारण कास्की भएर बग्ने साना नदीमा आकस्मिक बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले मंगलबार बिहान ६बजेसम्म सतर्क रहन आग्रह समेत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट