
काठमाडौं । ६ लाख रुपैयाँ घूषसहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालको गाडीबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।
गाडी खानतलासी गर्ने क्रममा उनले प्रयोग गर्ने बा १ झ ९९४६ नम्बरको सरकारी गाडीबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको हो ।