समाचार

प्रा. डा. ज्योति प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रा. डा. ज्योति प्याकुरेल (भण्डारी) लाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले बुधबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रा. डा. प्याकुरेललाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्र्पतिको कार्यालयले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट