राजनीति

मोहन वैद्यको पार्टी र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता 

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी र नेकपा बहुमतबीच पार्टी एकता गर्ने निर्णय भएको छ । 

शुक्रबार बसेको माओवादी क्रान्तिकारी र नेकपा बहुमतको संयुक्त बैठकले पार्टी एकता गर्ने निर्णय गर्दै एकता संयोजन समितिसमेत गठन गरेको छ । 

बैठकपछि क्रान्तिकारी माओवादीका तर्फबाट वैद्य र नेकपा बहुमतका  संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर पार्टी एकता गर्ने निर्णयसहित संयोजन समिति गठन गरेको जानकारी दिएका हुन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट