राजनीति

शशांकलाई युवानेता सापकोटाको आग्रह– नवलपुरबाट विदा लिनुस्

गैँडाकोट । नेपाली काँग्रेसका युवानेता तथा महासमिति सदस्य गणेश सापकोटाले नेपाली काँग्रेसका नेता डाक्टर शशांक कोइरालालाई नवलपुरबाट विदा लिन आग्रह गरेका छन् । नवलपुरको क्षेत्र नम्बर एकबाट प्रत्यष निर्वाचित कोइराला अहिले पनि त्यसक्षेत्रबाटै निर्वाचित भएका हुन् ।

युवा नेता सापकोटाले डाक्टर कोइरालालाई नवलपुरबाट विदा लिन आग्रह गरेका हुन् । उनले भने,‘अब देश विकासको जिम्मेवारी युवाहरुको काँधमा आएको छ, यहाँ पनि हामी एकसे एक तयार छौँ, तपाइँ अब हाम्रो अभिभावक भएर बस्ने हो, चुनावामा लत्रिने होइन ।’

नवलपुर– १ बाट २०६४ सालदेखि लगातार चुनाव जितेर सांसद बनेका कोइरालाले यस क्षेत्रको विकासका लागि ठोस योगदान दिन सकेका छैनन् । त्यसैले डाक्टर कोइरालाको अघिल्लो चुनावदेखि नै आलोचना भइरहेको छ । उनले जिल्लाको लागि गर्छु भनेर चुनाव जितेका थिए विगतका ती कुनै काम पनि गर्न सकेका छैनन् । उनी पार्टीको महामन्त्री भएका थिए । उनलाई नवलपुरबाट नेतृत्व हस्तान्तरण गर्न यसअघि पनि बारम्बार कुरा उठिरेहकामा आज कोइरालालाई युवा नेता सापकोटाले यस्तो सुझाव दिएका हुन् ।

नवलपरको गैँडाकोटमा नेविसंघ पालिका समन्वय समिति र शुसील कोइराला सोसलिष्ट युथ सर्कलले आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा सहभागी डाक्टर कोइरालालाई सोही मञ्चका बक्ता सापकोटाले अब पनि यही क्षेत्रबाट उम्मेदवार नबन्न र युवालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका हुन् ।

मञ्चमा उपस्थित डा कोइरालालाई सापकोटाको भनाई थियो,‘तपाई हाम्रो नेता हो, तपाईले पटक पटक भन्नुहुन्छ मेरा थुप्रै सपनाहरु छन्, डा.साप म तपाइलाई भन्न चाहन्छु अब तपाइँका ती सबै सपना हामीलाई जिम्मा लाउनुहोस्, हामी इमान्दारिताका साथ जनतालाई साथमा लिएर पूरा गरिदिन्छौँ, बरु तपाईले नेतृत्व सुम्पन तयार हुनुपर्यो, अब ढिला नगर्नुहोस् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट