समाचार

चुनावमा के हो माओवादी केन्द्रको प्राथमिकता ?

काठमाडौं । आसन्न आमचुनावमा गठबन्धन कायमै राख्ने सहमति गरेका गठबन्धनमा आवद्ध दलहरु सिट बाँडफाँडतिर ध्यान केन्द्रीत गरेका छन् ।

अहिलेकै गठबन्धनलाई कायम राख्ने सहमति गरेको माओवादी केन्द्र भने गठबन्धनमा रहेका बामपन्थी शक्तिका बिचमा वेग्लै मोर्चा बनाउनुपर्ने पक्षमा देखिएको छ । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले कांग्रेससहितको गठबन्धन सुदृढ बनाउँदै जाने र नेकपा एकीकृत समाजवादीसहितका बामपन्थीका दलका बिचमा वेग्लै मोर्चा बनाउने नीति रहेको बताए ।

नेता गजुरेलका अनुसार माओवादी केन्द्रको मुख्य लक्ष्य प्रतिगमनकारी शत्तिलाई कमजोर बनाउनुरहेको छ । उनका अनुसार एमाले स्थानीय तहको चुनावमा कमजोर देखिएको भएपनि आसन्न आमचुनावमा समेत एमालेलाई थप कमजोर बनाउनुपर्नेछ । त्यसका लागि गठबन्धन आवश्यक रहेको माओवादी केन्द्रको निष्कर्ष छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट