समाचार

शेरबहादुर तामाङले भने-म पनि सांसद नै हुँ भनेर परिचय दिन नपरोस्

काठमाडौं । एमाले सांसद शेरबहादुर तामाङले गाँजा फुकुवासम्बन्धी विधेयक अघि बढाउन माग गरेका छन् ।

प्रतिनिधि सभामा आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले गाँजा खेतीलाई व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयक तुरुन्त फलफलमा ल्याउन माग गरे ।

‘उक्त विधेयक दर्ता गरेको धेरै समय भयो । मैले आफैं दर्ता गरेको थिएँ,’ उनले भने, ‘म पनि सांसद नै हुँ भनेर फेरी परिचय दिन नपरोस् ।’

यस्तै उनले अविरल वर्षापछिको पहिरोबाट शनिबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ को डाँडाघरे टोल र सिरानटोलका ३० घर जोखिममा रहेको जानकारी गराए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट