रिबन

मुख्य समाचार : लोसपा सरकारमा सहभागी हुने तयारीमा, प्रचण्ड र माधव नेपालसहित बाम एकता नहुने एमालेको निष्कर्ष

काठमाडौं । आगामी चुनावका लागि निर्वाचन आयोगमा पहिलो दिन ५ वटा राजनीतिक दल दर्ता भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिने दलले दर्ताका लागि आयोगले आह्वान गरेको थियो । पहिलो नम्बरमा सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा आफ्ना माग पूरा गर्न र निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सकारात्मक कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए । नेता महतोले पाँचदलीय गठबन्धनमा लोसपा पनि सहभागी हुने तथा सरकारमा सहभागी हुने विषयमा पनि सकारात्मक कुराकानी भएको बताए ।

न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल भएको छ । गत १ फागुनमा प्रतिनिधिसभामा दर्ता भएको प्रस्तावमाथि छानबिन गर्न प्रतिनिधिसभाले २२ फागुनमा ११ सदस्यीय छानबिन समितिसमेत गठन गरेको थियो । आइतबारको बैठकले समितिमा जबराविरुद्धको महाअभियोग प्रस्ताव पठाउने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन् । प्रचण्ड र माधव नेपालले सबैभन्दा बढी एमालेविरुद्ध मोर्चाबन्दी गरेकाले उनीहरुलाई ल्याएर एमाले बलियो हुन नसक्ने पोखरेलको भनाइ छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वपरराष्ट्रमन्त्रीहरुसँग मुलुकको परराष्ट्र सम्बन्ध र कूटनीति सञ्चालनबारे परामर्श गरिरहेकी छन्। पूर्वपरराष्ट्रमन्त्रीहरु रमेश नाथ पाण्डे, प्रदीप ज्ञवाली, रामशरण महत, प्रकाशचन्द्र लोहनी लगायत बैठकमा सहभागी थिए ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ज्योति विकास बैंकको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर ७० करोड १५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले ६६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसको वितरणयोग्य नाफा भने ४१.४६ प्रतिशतले घटेर ३५ करोड ३० लाख रुपैयाँमा झरेको छ ।

अश्लिल भिडियो पोस्ट गरेको भन्दै म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ । दुई प्रख्यात मोडलहरू – नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई संस्कृति र मर्यादालाई हानि पुर्याउने कार्य गरेको आरोप लगाइएको छ । उनीहरूले कथित अश्लिल तस्बिर र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानि पुगेको जुन्ता सेनालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट