ताजा समाचार

थप ९३४ जनालाई संक्रमण, एक जनाको मृत्यु

काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ५३५१ जनामा परीक्षण गर्दा ९३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २८६२ नमुनाको पीसीआर परीक्षण गर्दा ४९८ जनामा र २४८९ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४७० जना संक्रमित निको भएका छन् ।योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा ११ हजार ९७२ जनाको मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट