सम-सामयिक

हृदयश त्रिपाठीको प्रश्न : संघीय निजामती ऐन कहाँ अड्कियो ? खोजी होस्

काठमाडौं । सांसद हृदयश त्रिपाठीले संघीय निजामती ऐन जारी गर्न माग गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद त्रिपाठीले संघीय निजामित ऐन जारी नहुँदा कर्मचारीको सरुवा बढुवालगायत विषय अन्यौलमा परेको बताएका छन् ।

उनले ऐन जारी गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । ‘यो ऐन कहाँनिर गएर अड्किएको छ । स्थानीय सेवा र प्रदेश सेवाको गठन हुन सकेको छैन । स्थानीय तहमा आठ प्रकृतिका कर्मचारी रहेका छन् । जसलाई समायोजन गर्न सकिएको छैन । कर्मचारीको सरुवा, बढुवा प्रभावित भएको छ,’ उनले थपे, ‘शासन प्रशासन सञ्चालनका लागि निकै महत्वपूर्ण छ । अहिले आएर कहाँ रोकिएको छ ?, कहाँ अल्झिएको छ ?, यसको खोजी होस् ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट