राजनीति

दलित वडा सदस्यमा उम्मेदवार नभए अल्पसंख्यकलाई दिनुपर्छ : लक्ष्मीकुमारी चौधरी

काठमाडौं । सांसद लक्ष्मीकुमारी चौधरीले ‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचन गर्ने’ प्रस्ताव राखेकी छन् । दलित सदस्य नभएर खाली भएका कारण उक्त पदमा अल्पसंख्यकलाई उठ्न दिनुपर्ने पनि उनको प्रस्ताव छ । 

मंगलबार बसेकाे प्रतिनिधिसभा बैठकमा निर्वाचनमा महिला पुरुषको समान सहभागिता हुनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि समर्थन नजाउने क्रममा उनले यस्तो बताएकी हुन । 

‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा अल्पसंख्यक उठ्न पाउने गरी पुनः निर्वाचन गर्नुपर्छ,’ उनले भनिन् । 

सांसद लक्ष्मी परियार, अमृता थापा लगायतले पनि उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचनका लागि सरकारको ध्यानाकर्षण गरेका छन् । यसका लागि प्रचलित निर्वाचन ऐन संशोधन आवश्यक भएकाले त्यसमा ध्यान दिनुपर्नेमा पनि सांसदहरुको जोड रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट