अर्थ

प्रि-ओपन सेसनमा नेप्से ३.६३ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.६३ अंकले बढेको छ । यससँगै सूचक २१०९.७९ विन्दुमा आएको छ ।

मंगलबार मध्याह्न १२ बजेसम्म १२ लाख ८४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ३७ सय ८२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । कुल १० कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट