ताजा समाचार

दरबन्दी कटौतीको खाका पठाउन सामान्यको परिपत्र

काठमाडौं।प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी कार्यालयलाई दरबन्दी कटौतीको खाका पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेकोे छ। मन्त्रालयले सूचना जारी गर्दै सबै कार्यालयमा बजेटमा घोषणा भएको १० प्रतिशत दरबन्दी कटौतीको खाका १५ दिनभित्र पठाउन परिपत्र गरेको हो।

‘आर्थिक वर्ष २०७९/८० को बजेटमा संघीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा १० प्रतिशत दरबन्दी कटौती गरिनेछ। निजामती तथा सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यक बाहेकका नयाँ दरबन्दी थप गरिने छैन भन्ने उल्लेख छ।

बजेटमा व्यवस्था भएबमोजिमको कार्य सम्पादनका लागि प्रशासनिक पुनर्संरचना उच्चस्तरीय आयोग गठन गरी कार्य प्रक्रिया अगाडि बढ्ने क्रममा रहेकाले मन्त्रालय र अन्तर्गतको दरबन्दी संरचनामा कम्तीमा १० प्रतिशत कटौती गर्ने गरी आवश्यक खाका तयार गरी १५ दिनभित्र मन्त्रालयमा पेस गर्न अनुरोध छ,’ मन्त्रालयको सूचनामा भनिएको छ।

मन्त्रालयका संगठन विकास महाशाखाका शाखा अधिकृत हरि नारायण शर्माका अनुसार दरबन्दी कटौती कार्य सम्पादनका लागि ‘प्रशासनिक पुनर्संरचना उच्चस्तरीय आयोग’ गठन हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट