मनोरञ्जन

एम्बर हर्डलाई एडल्ट फिल्मबाट अफर

हलिउड अभिनेत्री एम्बर हर्ड पति जोनी डिपसँग अदालती मामलामा पराजित भएपछि चर्चामा आइरहेकी छन्। पति जोनीलाई १४ मिलियन डलर मुआब्जाका रुपमा बुझाउन अदालतले आदेश दिएपछि अहिले एम्बर आर्थिक संकटमा छिन् । यिनै अभिनेत्रीलाई अहिले एडल्ट फिल्मबाट अभिनयको अफर आएको छ।

एक महिला प्रधान इन्टरटेनमेन्ट कम्पनी जेन मोडल्सले एक्स रेटेड फिल्मका लागि एम्बरलाई प्रमुख भूमिकाका अभिनय गर्न प्रस्ताव गरेको छ। पोर्न आरएन वेबसाइटका अध्यक्ष वेरोनिका मेडजेरियाले अभिनेत्रीको वकिल ऐलेन ब्रेडहोफ्टलाई एक पत्र लेखेपछि एडल्ट फिल्ममा अभिनयको प्रस्ताव गरिएको खुलासा भएको हो।

‘प्रिय ब्रेडहोफ्टः मेरो नाम वेरोनिका मेडजेरियन हो। म कम्पनीमा अध्यक्षको रुपमा काम गर्छु। एक प्रोडक्सन फर्म र मोडलिङ एजेन्सी, जेन मोडल्स। हर्डलाई एक फिल्ममा काम गर्ने मौका दिनका लागि कैयौं भिडियो प्रोडक्सन फर्मले हामीलाई सम्पर्क गरेका छन्’ पत्रमा लेखिएको छ।

पत्रमा एम्बरका लागि ८ मिलियन डलर भुक्तान गर्न तयार रहेको बताइएको छ। ‘हाम्रो संगठन हर्डलाई एडल्ट इन्टरटेनमेन्टको एक प्रोडक्सनमा काम गर्नका लागि ८ मिलियन डलर भुक्तान गर्न तयार छ। एम्बर हाम्रो प्रस्तावमा सकारात्मक छिन् भने कृपया मसँग इमेलमा सम्पर्क गर्नुहोला। उनले हामीसँग सर्तसहित काम गर्नुपर्ने हुन्छ। के हर्डलाई यो अवसरप्रति विचार गर्छिन् ?’ पत्रमा लेखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट