समाचार

परराष्ट्रमन्त्री खड्का चीन जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का चीन भ्रमणमा जाँदैछन् ।

चीनिया समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति चीन प्रस्थान गर्नेछन् ।

मन्त्री खड्का र समकक्षी यीले साउन २५ गते चीनको चिङ्दाओमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी साउन २६ गते स्वदेश फर्कनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट