समाचार

किर्तिपुरबाट २९ तोला सुनका गहना सहित १ लाख ५० हजार चोरी

काठमाडौं । कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवीस्थित ७५ वर्षका जेष्ठ नागरिकको घरबाट सुन चोरी भएको छ । लुटेरा समूहले सुनका गहना हिँजो राति १२ बजेको समयमा घरमा पसेर २९ तोला सुन लुटेका हुन ।

उक्त चोरी भएको घरमा ३ जनाको परिवारमा दुईजना कान नसुन्ने र एकजना घुँडाको अप्रेशन गरेर बसेका जेष्ठ नागरिक थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार मुल ढोका फुटाएर घरमा प्रवेश गरेर २९ तोला सुन र १ लाख ५० हजार लुटेर फरार भएका थिए ।

‘ उक्त लुट घटनावारे अनुसन्धान भइरहेको एसपी मैनालीले बताए । उनले भने उक्त घटनावारे छानविन गरेर , अनुसन्धान गरेर, लुटेराको समुहलाई कानुनी दायरामा ल्या्ँउछौ ।’ लुटेराको समुहले प्रहरीलाई जंगलबाट आएको बताएका छन ।
घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत कीर्तिपुरको टोलीले अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट