राजनीति

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिला भयो : अध्यक्ष दाहाल

काठमाडौं।पाँच दिने भ्रमणमा गत शुक्रबार जापान गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार स्वदेश फर्किएका छन्।अध्यक्ष दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफ्नो भ्रमण नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउन सहयोगी हुने बताए।

उनले प्रमाणीकरण हुन बाँकी रहेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट नरोकिने आफूलाई लागेको सुनाए। ‘मैले हिजो जापानमा पनि पत्रकारसँगको अन्तरक्रियामा भनेको थिएँ–राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गर्न ढिला नहुनुपथ्र्यो,’ उनले भने।

दुवै संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको छ। पार्टी पदाधिकारीको नाम आफ्नो कोटको खल्तीमा भएको भनेर पत्रकारले अपजस दिने गरेको दाहालले गुनासो गरे। निकट भविष्यमै चीन भ्रमणको कुरा भए पनि निश्चित समय भने तय भइनसकेको दाहालको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट