समाचार

नर्भिक अस्पतालको संरचना तत्काल नभत्काउन सर्वोच्चको आदेश

काठमाडौं । नर्भिक अस्पतालले सरकारी जग्गामा बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले तत्काल संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । त्यस्तै अदालतले आगामी सोमबार अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

सर्वोच्चले नर्भिकको संरचना भत्काउन खोज्नुको कारणबारे लिखित जवाफ पनि माग गरेको छ । काठमाडौं महानगरपालिकाले गत सोमबार २४ घण्टाभित्र सरकारी जग्गामा बनाएको संरचना हटाउन निर्देशन दिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट