अर्थ

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ  नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२६ रुपैयाँ ९४ पैसा र बिक्री दर १२७ रुपैयाँ ५४ पैसा रहेको छ । युरो एकको खरिद दर १२९ रुपैयाँ ९२ पैसा र बिक्री दर १३० रुपैयाँ ५४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ४८ पैसा र बिक्री दर १५४ रुपैयाँ २१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५७ पैसा र बिक्री दर ३४ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट