विश्व

क्यानडामा मङ्कीपक्सका विरामीको सङ्ख्या हजारभन्दा बढी

ओटावा । क्यानडामा मङ्कीपक्सका विरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ ।

क्यानडाको सार्वजनिक स्वास्थ्य सम्वन्धी निकायले अहिलेसम्म एक हजार आठ जना मङ्कीपक्सका विरामी भएका हुन् ।

ती मध्ये सबैभन्दा धेरै ओन्तारियोमा देखिएको छ । ओन्तारियोमा अहिलेसम्म ४९७ जनामा मङ्कीपक्स पुष्टि भएको छ ।

त्यसैगरी क्वेबेसमा ४२५ जना, ब्रिटिक कोलम्बीयामा ८५ जना र अल्बेर्तामा १६ जना मङ्कीपक्सबाट विरामी भएका छन् ।

मङ्कीपक्सका विरामीहरु दैनिक रुपमा बढ्दै गएकाले प्रदेश अनुसारको सङ्ख्या पनि परिवर्तन हुने मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट