ताजा समाचार

आगामी चुनावमा म्यादीको संख्या बढ्छ : आईजीपी सिंह

काठमाडौँ ।आगामी निर्वाचनमा म्यादी प्रहरी भर्नाको संख्या बढ्ने आईजीपी धिरजप्रताप सिंहले बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलनमार्फत उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वैशाख ३० मा भएको स्थानीय तहको चुनावमाभन्दा धेरै संख्यामा म्यादी भर्ना गरिने बताएका हुन् ।

उक्त निर्वाचनमा ४० दिनका लागि म्यादी भर्ना गरिने आईजीपी सिंहले बताए । स्थानीय तहको निर्वाचनमा करिब एक लाखको संख्यामा म्यादी प्रहरी खटाइएको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मंसिर ४ मा हुँदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट