समाचार

कृष्णहरि पुस्कर अर्थसचिव बने

काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै अर्थसचिवमा पुस्करलाई ल्याइएको हो ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोपमा अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्ने तयारी भएका बेला मरासिनी बिदामा बसेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट