अर्थ

सूर्या लाइफ इन्स्योरेन्सका सेयरधनीको हात खाली

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको छ। कम्पनीको ९ असोजमा बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने घोषणा गरेको हो। 

कम्पनीले आर्थिक वर्ष २०७७-७८ मा सेयरधनीलाई बाँड्न मिल्ने गरी नाफा कमाएको भए पनि ज्योति लाईफसँग मर्जरको प्रक्रियामा रहेकाले अहिले लाभांश नबाँड्ने घोषणा गरेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *