राजनीति

निर्णय प्रक्रियामा सम्पूर्ण नेतागणहरू हुनुहुन्छ, कांग्रेसमा दाेस्राे पक्ष छैन : प्रवक्ता महत

काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसमा दाेस्राे पक्ष नै नभएकाे बताएका छन् । मंगलबार पार्टी कार्यालय, सानेपामा आयाेजित पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘निर्णय प्रक्रियामा सबै नेतागणहरू हुनुहुन्छ । हामीले सबै निर्णयहरू बहुमतले हाेइन, सर्वसम्मतीले गर्दै आएकाे छ ।’

उनले कुनै दाेस्राे पक्ष नरहेकाे दाेहाेर्‍याउँदै भने, ‘यदि काेही असन्तष्ट पक्ष भए त्यसलाई स्वाभाविकरूपमा लिनुपर्छ । किनभने यत्राे ठूलाे पार्टीमा स्वाभाविकरूपमा बढी आकांक्षी हुनुहुन्छ र सबैलाई मिलाउन गाह्राे हुन्छ । तर मलाई विश्वास छ कि उहाँहरूले पनि याे कुरा बुझ्नुहुन्छ भनेर ।’

संस्थापनइतर पक्षले संस्थापन पक्षसँग गरिरहेकाे ‘बार्गेनिङ्ग’बारे गरिएकाे प्रश्नमा उनले भने, ‘सम्पूर्ण निर्णयहरू विधि र विधानअनुसार भएकाे छ । बहुमतबाट मात्रै हाेइन, सर्वसम्मतीबाट हामी यी निर्णयहरू गरिरहेका छाैँ । विमतिबिना सम्पूर्ण प्रक्रियाहरू आएका छन् । त्यसभन्दा अन्य कुनै क्रियाकलाप हुन्छ भने त्यसलाई पार्टीले राम्राे मान्दैन । त्याे पार्टी हितकाे विपरीत हुन्छ ।’

उनले असन्तुष्ट पक्षलाई कारबाही गरिने संकेतसमेत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट