खेलकुद

बंगलादेशविरुद्ध नेपालको अग्रता

काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ ।

दशरथ रङ्गशालामा जारी खेलमा नेपालका लागि अञ्जन विष्टले गोल गरेका हुन् । उनले खेलको १८ औँ मिनेटमा नेपालका लागि गोल गरे ।

विमल घर्तिमगरले राइट कर्नर नजिकैबाट हानेको फ्री किकलाई अञ्जनले हेडरमार्फत सुन्दर गोल गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *