समाचार

सिन्धुपाल्चोकका संकटका सारथी मोहनबहादुर बस्नेत

काठमाडौं । मंसीर ४ गतेका लागि तय भएको आमचुनावका लागि अहिले नेताहरु गाउँ गाउँ पुगेका छन् । दशैं, तिहार र छठलगत्तै चुनाव भएका कारण अब नेताहरु चुनाव सकेर मात्रै राजधानी फर्कने तयारी गरेको देखिएको छ ।

त्यसोत राजनीतिक दलका नेताहरुलाई अहिले लाग्दै आएको एउटा आरोप हो । चुनावका बेला गाउँ पस्ने नेता त्यसपछिका ५ वर्ष फर्केर पनि आउँदैनन् । तर केही नेता यस्ता छन्, जो चुनावमा पराजित भएरपनि निरन्तर गृहजिल्ला र निर्वाचन क्षेत्रमा खटिने गरेका छन् । तिनैमध्येका एक हुन्, कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत ।

५ वर्षअघि सम्पन्न भएको निर्वाचनमा बामगठबन्धनका उम्मेदवार अग्नि सापकोटासँग पराजित भएका नेता बस्नेत अहिले गठबन्धनका नाममा माओवादी केन्द्रलाई कुनै पनि हालतमा सिन्धुपाल्चोकको क्षेत्र नम्बर एक छाड्न नसक्ने स्पष्ट पारेका छन् ।

बस्नेत अघिल्लो चुनावमा पराजित भएपनि उनको जिल्ला दौडाहा भने यो ५ वर्षमा रोकिएन । कोरोनाको महामारी नेपालमा देखिने समयमा नेपालमा केपी ओली नेतृत्वको सरकार थियो । कोरोना महामारी शुरु हुनेबित्तिकै अन्य नेताहरु सरकारले तयारी नगरेको भन्दै सरकारको विरोध गर्न लागे । तर नेता बस्नेत भने कोरोनाबाट जनता जोगाउन जिल्लाभर पुगे ।

सरकारी तवरबाट कहीँकतै कुनै पनि काम सुरु नहुँदै बस्नेतले विश्वभर आफ्नो सम्पर्कमा रहेकाहरुबाट स्वास्थ्य सामग्री मगाउँदै सिन्धुपाल्चोकमा वितरण गरे । लकडाउनपछि तत्कालिन सरकार कोरोना महामारी नियन्त्रण गर्नतर्फभन्दा बढि राजनीतिक दल विभाजन गर्न सहज हुने अध्यादेश जारी गर्न व्यस्त थियो ।

तर नेता बस्नेत भने स्वास्थ्य सामग्री र राहत बोकेर सिन्धुपाल्चोक जिल्लाका गाउँगाउँमा पुगे । बस्नेतलाई रोक्न सत्तारुढ दल तत्कालिन नेकपा नेतृत्वको सरकारकै मान्छेहरुले सत्ताको दुरुपयोग गर्दै नेता बस्नेतलाई रोक्न खोजे । सरकारी अवरोधका बाबजुद बस्नेत भने जनताको घरदैलोमा पुगेर कोरोनाबाट बच्न सक्ने स्वास्थ्य सामग्री बाँडिरहे ।

पहिलो चरणमा जिल्लाका प्रायः सबै क्षेत्रमा आफ्नै पहलमा स्वास्थ्य सामग्री वितरण गरिसकेपछि दोस्रो चरणमा अप्ठ्यारोमा परेका सिन्धुपाल्चोकसहित काठमाडौँमा बसोबास गरिरहेका सबैका लागि राहत लिएर घरघर पुगिरहे ।

त्यसअघि सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो पीडितलाई राहत वितरण गर्नेमात्रै होइन, नीजि प्रयासमा हेलिकप्टर लगेर उद्धार समेत गरेका थिए । त्यसपछि महाभूकम्पबाट प्रभावित जनता सबैको संकटको साथी बस्नेत नै थिए ।

कोरोना माहामारीबाट नेपालमै पहिलो मृत्यु हुने महिला बस्नेतकै गाउँकी थिइन् । बस्नेतले तत्काल मृतक महिलाको दुधे बालकको उद्धार र सम्पूर्ण शिक्षादीक्षाको व्यवस्था गर्ने घोषणा गरे ।

त्यतिमात्रै होइन, कोरोना महामारीका बेला देशभर अक्सिजन समेत नपाएर अकालमा धेरै नागरिकले ज्यान गुमाए । तर नेता बस्नेतले भने सिन्धुपाल्चोकको ठोकर्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिदिए । नेता बस्नेतको विशेष पहलमा दैनिक ४३ सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको अक्सिजन प्लान्ट स्थापना गरिएको थियो । कोरोना महामारीका बेला बस्नेतले आफ्नो गृहजिल्लामा मात्रै होइन, देशभर उनले सहयोगी हात फैलाए ।

अरुलाई कोरोना संक्रमणबाट जोगाउन निरन्तर खटिएका बस्नेत आफै पनि कोरोना संक्रमित मात्रै भएनन्, आइसीयुमै बसे । तर आइसीयूबाट निस्किनासाथ नेता बस्नेत जिल्ला दौडाहामा निस्किए । कोरोनाकालदेखि बाढी पहिरो र प्राकृतिक विपत्तीका बेला नेता बस्नेत जनताको सहयोगमा निरन्तर खट्ने नेताका रुपमा परिचित छन् ।

गतवर्षको असारमा सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा गएको बाढीका कारण ठुलो जनधनको क्षति भयो । बाढीका कारण ठाउँठाउँमा पुल भत्कियो । सडक सञ्जाल समेत बन्द भएका बेला नेता बस्नेतले हेलिकप्टरमार्फत् उद्धार मात्रै गरेनन् । पीडितलाई मल्हम लगाउन उनले ३० भन्दा बढि व्यक्तीगत घर बनाएर हस्तान्तरण गरे । उनको सक्रियताकै कारण सभापति शेरबहादुर देउवाले बस्नेतलाई बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समितिको संयोजकको जिम्मा दिए ।

संयोजक भएपछि देशभर गएको बाढी पहिरोका कारण पीडित बनेकाहरुलाई सहयोग गर्न नेता बस्नेत देशका विभिन्न जिल्लामा पुगेका थिए । उनले हजारौं रकम सहयोग समेत गरेका थिए ।

यसैवर्षको गत असारमा काठमाडौं महानगरपालिकाले सडकमा मकै पोल्ने ठेलागाडा नियन्त्रणमा लिएर लछारपछार गरेको थियो । त्यो खबर सुन्नासाथ नेता बस्नेतले मकै पोल्ने दम्पत्तीलाई आर्थिक सहयोग मात्रै होइन, उनका बालबालिकाको उच्च शिक्षाको प्रवन्ध समेत नेता बस्नेतले मिलाइदिएका छन् ।

पटक पटक सांसद र मन्त्री भएका वस्नेतलाइ आजसम्म एउटा कालो दाग पनि लागेको छैन । राजनीतिक पुजी जसको उचो हुन्छ,उ नै नेता हो । नेता पद होइन,यो सम्मान हो । यदि जनसेवा गरेवापत कसैले सम्मान गर्छ भने यसको हकदार वस्नेत छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *