देश

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एकजना घाइते

सल्यान।सल्यानमा भएको जीप (डबल क्याब) दुर्घटनामा परी ८ जनाको मुत्यु भएको छ । रा १ ज ५६३ नम्वर जीप (डबल क्याब) विहान साडे तीन बजे कपुरकोट गाउँपालिका ६ रिम जलवाङगमा भएको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए।

दुर्घटनामा परी मुत्यु हुनेमा अधिकांश कपुरकोट ६ का स्थानीयहरु रहेका छन् । एकजना घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको छ ।

घटनास्थलमा प्रहरीसहित कपुरकोट गापा अध्यक्ष दुर्गा बहादुर पुन, गापाका स्वास्थ्यकर्मी, स्थानियहरु उद्धारमा खटिरहनुभएको छ । बाँकेको ढकेरीबाट बिहेबाट फर्कदै गरेका व्यक्तिहरु दुर्घटनामा परेको बुझिएको छ ।

जिपमा सवार नौ जना रहेको कपुरकोट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष होमबहादुर खड्काले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *