ताजा समाचार

राजकुमार सलमान बने साउदी अरबको प्रधानमन्त्री

काठमाडौँ । राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुल अजिज अल साउद साउदी अरबको प्रधानमन्त्री नियुक्त भएका छन् ।

साउदी अरेबियाको सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सी (एसपीए) ले शाही आदेशलाई उद्धृत गर्दै साउदी अरेबियाका राजा सलमान बिन अब्दुलअजीजले दिएको मन्त्रिपरिषद् फेरबदलको आदेशअनुसार राजकुमार सलमानलाई प्रधानमन्त्री बन्ने भएको जानकारी दिएको हो ।

त्यस्तै राजा सलमानका दोस्रो छोरा राजकुमार खालिद बिन सलमान रक्षामन्त्री बन्ने भएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनमा युसुफ बिन अब्दुल्लाह बिन मोहम्मद अल बानायनलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको छ । सरुवा नगरिएका मन्त्रीहरूमा राजकुमार अब्दुलअजिज बिन सलमान ऊर्जामन्त्री, राजकुमार फैसल बिन फरहानलाई विदेशमन्त्री, खालिद बिन अब्दुलअजिज अल–फलिहलाई लगानीमन्त्री, आन्तरिक मामिलामन्त्रीमा राजकुमार अब्दुलाजिज बिन साउद रहेका छन् । बिन नायफ बिन अब्दुलअजीज र मोहम्मद बिन अब्दुल्लाह अल-जदान अर्थमन्त्रीको रूपमा रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यसबाहेक, शाही आदेशमा भनिएको छ, राजा सलमानले अझै पनि मन्त्रिपरिषद् बैठकहरूको अध्यक्षता गर्नेछन् । ८६ वर्षीय राजा, इस्लामका पवित्र स्थलहरूको संरक्षक, युवराजको रूपमा साढे दुई वर्षभन्दा बढी समय बिताएपछि सन् २०१५ मा शासक बनेका थिए ।

राजकुमार सलमान साउदी अरेबियामा आमुल परिवर्तनका पक्षधर मानिन्छन । उनले २०१७ देखि साउदी अरेबियालाई आमूल परिवर्तन गरिरहेका छन् । उनले तेलमा निर्भरताबाट अर्थव्यवस्थालाई विविधीकरण गर्ने प्रयासको नेतृत्व गर्दै, महिलाहरूलाई ड्राइभ गर्न अनुमति दिँदै र समाजमा धर्मगुरुहरूको शक्तिलाई रोक्ने विभिन्न प्रयास गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *