राजनीति

आजदेखि निर्वाचन ब्यवस्थापन प्रशिक्षण सुरु

काठमाडौ । निर्वाच आयोगले आजबाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ ।

‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ संचालनको लागि मूख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ र निर्वाचन अधिकारी ७७ समेतको निर्वाचन ब्यबस्थापन प्रशिक्षण आज देखि प्रारम्भ गरियो,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकैचरणमा हुँदैछ । निर्वाचन सम्पन्न गर्नको लागि आउँदो साता सबै निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना गरिने उनले जनाए ।

‘असोज १५ देखि २० गते सम्ममा १६५ वटै निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना हुनेछन्,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट