रिबन

किशोर थापाले छाडे विवेकशिल साझा पार्टी

काठमाडौं । किशोर थापाले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका छन् । पार्टीका केन्द्रीय समिति सदस्य रहेका थापाले असोज ४ गते राजीनामा दिएको उक्त पार्टीले बुधबार जानकारी दिएको हो ।

विवेकशिल साझा पार्टीले थापाको राजीनामापत्र बुधबार मात्रै सार्वजनिक गरेको हो । विगत पाँच वर्षदेखि विवेकशील साझामा आवद्ध उनले पार्टी अध्यक्षलाई राजीनामा पत्र लेखेका छन्।

नेपाल सरकारका पूर्वसचिव थापा २०७४ सालको चुनावमा काठमाडौं महानगरपालिकाबाट साझा पार्टीका तर्फबाट मेयर उम्मेदवार थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *