खेलकुद

इङ्ग्ल्यान्डलाई पाकिस्तानले हरायो

काठमाडौँ । इङ्ग्ल्याण्डसँगको पाँचौँ टी-२० क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गए राति लाहोरमा भएको खेलमा पाकिस्तान ६ रनले विजयी भयो । पाकिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सक्यो ।

इङ्ग्ल्यान्ड कप्तान मोइन अलीले अविजित ५१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । पाकिस्तानका हरिस राउफले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभरमा अलआउट हुँदै १४५ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ६३ रनको अर्धशतकीय पारी खेले । इङ्ग्ल्यान्डका मार्क उडले ३ तथा डेविड विलि र साम करणले २/२ विकेट लिए । जितसँगै ७ खेलको टी-२० शृङ्खलामा पाकिस्तानले ३-२ को अग्रता बनाएको छ । यसअघि दोस्रो र चौथो खेलमा पाकिस्तान विजयी भएको थियो ।

पहिलो र तेस्रो खेल इङ्ग्ल्यान्डले जितेको थियो । पाकिस्तान र इङ्ग्ल्यान्डबीचको छैटौँ खेल भोलि शुक्रवार र सातौँ तथा अन्तिम टी-२० खेल आइतवार हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *