राजनीति

एमालेको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा पार्टीको केन्द्रीय सचिवालयको १३ औं बैठक जारी छ ।

बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको टुंगो लगाउने बताइएको छ ।

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

बिहिबार साँझ शुरु भएको बैठक अहिलेसम्म पनि जारी छ । आजै अबेरसम्मको बैठकले उम्मेदवार टुङ्गो लगाउने एमालेको तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *