समाचार

पत्रकार सम्मेलन गर्दै गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा महामन्त्री गगनकुमार थापा पत्रकार सम्मेलन गर्दैछन् । बिहान ८:३० बजे काठमाडौँको स्मार्ट ब्यांक्‍वेट चाबहिलमा पत्रकार सम्मेलन गरी थापाले कांग्रेसभित्रको विवाद तथा गठबन्धनभित्रको पनि विवादलगायतको बारेमा आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

शेखर कोइराला तथा गगन थापाको समूहले पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिक बन्दसूची तयार पार्दा एकलौटी गरेको भन्दै विरोध जनाएको छ। यो समूहका नेता गुरुराज घिमिरेले आज साँझ ५ बजेसम्म सभापति देउवालाई सूची सच्याउने लगायतको सुधार गर्न अन्तिम मौका दिने र त्यसपछि पर्खिन नसक्ने बताइसकेका छन् । निर्वाचन आयोगमा पनि कांग्रेसलगायत ठूला दलले समानुपातिकतर्फको बन्दसूची सच्याउने आज अन्तिम दिन हो ।

यस्तो अवस्थामा थापाको पत्रकार सम्मेलनलाई विशेष चासोका साथ हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *