विश्व

सोमालियामा अल सेबाबका ४० आतंककारी मारिए

सोमालियाको सेनाले गरेको कारबाहीमा अल सेबाब आतंककारी संगठनका ४० जना आतंककारीको मृत्यु भएको छ।

बिहीबार मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारबाहीका क्रममा ती लडाकूहरु मारिएका बताइएको हो। सोमाली सेनाका कमाण्डरले सोमालियाली समाचार समितिलाई बिहीबार दिएको जानकारीअनुसार राष्ट्रिय सेनाले मध्य सोमालियाको हिरान सहरमा गरेको कारबाहीका क्रममा ४० जना लडाका मारिएका र अरु केही घाइते भएका जनाएका छन्।

सो कारबाहीका क्रममा अल सेबाब समूहका एकजना कमाण्डर पनि मारिएका छन्। त्यसक्रममा अल सेबाब आतंककारी संगठनका कैयौँ हातहतियार पनि कब्जा गरिएको बताइएको छ।

कारबाहीका क्रममा सेनाका कमाण्डर पनि मारिएका छन्। उनलाई अल सेबाब संगठनका आतंककारीले गोली हानेका थिए। हिरान क्षेत्रमा अल सेबाबका लडाकूले विगत लामो समयदेखि आतंक मच्चाइरहेका र सोही सूचनाका आधारमा उनीहरुमाथि सेनाले कारबाही थालेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *