राजनीति

सञ्चार माध्यम नियमन गर्न नखोजेको निर्वाचन आयोगको स्पष्टिकरण

काठमाडौं । निर्वाचन आयोगले शुक्रबारदेखि सञ्चालनमा ल्याएको प्रेस अफिसले सञ्चार माध्यमको नियमन नगर्ने प्रष्टीकरण गरेको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यम एवं सामाजिक सञ्जालमाथि अनुगमन गर्ने र कारबही गर्ने प्रक्रियामा संलग्न नहुने बताएको हो । प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तीमा बताए अनुसार , ‘लोकतान्त्रिक व्यवस्थामा सञ्चार माध्यमको अनुगमन तिनका पाठक, स्रोता र दर्शकले मात्र गर्नुपर्छ र गर्नेछन् भन्ने मान्यतामा आयोगले विश्वास राखेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विज्ञप्तीमा सम्पुर्ण जानकारीका लागि हेर्नुहोस :

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *