समाचार

दशैंका दिन देशभर वर्षा हुने

काठमाडौं । यस वर्षको दसैँका दिन देशभर वर्षा हुने अनुमान गरिएको छ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण दसैँमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दसैँको दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार ‘दसैँका लागि विशेष मनसुन बुलेटिन’ जारी गर्दै १८ असोज अर्थात् नवमीबाट नेपालमा पनि न्यूनचापीय क्षेत्रको प्रभावका कारण वर्षा सक्रिय हुने सम्भावना देखिएको जनाएको हो ।

नवमीका दिन प्रदेश १, मधेस, बागमती र गण्डकीका केही भाग र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विजयादशमीका दिन पनि देशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । विजयादशमीमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।

एकादशीमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *