समाचार

कर्णाली प्रदेश प्रमुखको कार्यभार शेरचनलाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई तोकेकी छन् ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार क्यानडा जाने भएपछि शेरचनलाई जिम्मेवारी दिइएको हो ।

परियार असोज १९ र २० गते ओटावामा आयोजना हुने कार्यक्रममा भाग लिन क्यानडा गएका हुन् । उनी क्यानडा जाने भएपछि प्रधानमन्त्रीको सिफारिसमा परियारको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार शेरचनलाई तोकिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *