ताजा समाचार

२८ घण्टापछि अवरुद्ध त्रिशूली-गल्छी सडक खण्ड सुचारु

नुवाकोट। ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तरगत नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७ बुधसिंहबाट स्थित लामासोतीमा पहिरो गएर अवरुद्ध भएको सडक खुलेको छ ।

बिहीबार अपराह्न सुख्खा पहिरो गएसँगै अवरुद्ध भएको सडक २८ घण्टापछि हिजो राती ८ बजेदेखि सञ्चालनमा आएको ‘गल्छी–रसुवागढी सडक योजना’को कार्यालयका निमित्त प्रमुख रामबिहारी चौधरीले जानकारी दिनुभयो ।

उहाँको अनुसार चार वटा हेभी उपकणको प्रयोग गरेर हिजो बिहान ६ बजेदेखि लगातार १४ घण्टाको प्रयासमा सडक सुचारु गरिएको हो । सडक खुले भएसँगै बिहीबार ४ बजेदेखि रोकिएका ट्रक, कन्टेनर र यात्रुवाहक गाडीहरू गन्तव्यतर्फ लागेका थिए ।

‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ , बुधसिंहघाटस्थित लामासोतीमा बिहीबार साँझ गएको सुख्खा पहिरो । तस्बिर : रामहरि न्यौपाने/रासस

साथै धादिङको गल्छी हुँदै नुवाकोट र रसुवाका लागि संचालन गरिएको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । अप्टिकल फाइबर पहिरोले चुँडालिदिएपछि दुई दिनदेखि मोवाबाइल सेवा प्रभावित भएको छ । त्यसैगरी इन्टरनेट सेवासमेत अवरुद्ध भएको छ ।

सडक माथिबाट आएको पहिरोको माटो पन्छाएर सडक सुचारु गरेको भएपनि थप पहिरोको जोखिम कायमै भएकाले सावधानी अपनाउन अपिल गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *