रिबन

शक्ति राष्ट्र अमेरिका र चिनका राजदुत स्वदेश फर्कदै ।

काठमाण्डौं । नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् । अमेरिकी बिदेश मन्त्रालयका अनुसार शुक्रवार थम्प्सन नियुक्ती भएुसँगै आफनो चार वर्ष कार्यकाल पूरा गरी र्‍यान्डी बेरी भने आइतबार स्वदेश फर्कँदै छन् । थम्प्सन कहिले नेपाल आउने हो ? त्यो भने टुंगो लागेको छैन ।

त्यसैगरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । आफनो चार वर्षे कार्यकाल पूरा गरी यान्छी अर्को महिना चीन फर्किन लागेकी हुन् ।  चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउने भएको छ, स्रोतले भन्यो ।  राजदूत होउ फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने हो ? त्यसवारेमा भने कुनै निर्णय चिन सरकारले सार्वजनिक गरेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा नेपाल आएकी थिइन् । उनले यस महिनामा राष्ट्रपति, प्रधानमन्त्री देखी राजनीतिक दलका शिर्ष नेताहरुसँग बिदाई भेट गर्नेछिन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *