खेलकुद

रियल मड्रिड रोकियो

१० खेलाडीमा सिमित ओसासुनासँग १–१ गोलको बराबरी खेल्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा अकं बाढ्न बाध्य भएको छ । खेलको अन्तिम समयमा कप्तान करिम बेन्जेमा पेनाल्टीमा चुक्दा रियल तीन अंकबाट टाढा रहेको हो । यस्तै, शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

रियलका भिनिसियस जुनियरले गोल गरे । ओसासुनाका किके गार्सियाले बराबरी गोल फर्काए । खेलको ४२औं मिनेटमा भिनिसियसले गोल गरे ।

५०औं मिनेटमा किकेले बराबरी गोल गरे ।बराबरीसँगै रियल १९ अंक सहित दोस्रो स्थानमा छ । समान अंक भएपनि बार्सिलोना शीर्ष स्थानमा छ । ओसासुना छैटौं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *