प्रदेश नं. २

मधेशमा छठका अवसरमा सोमवार पनि बिदा

जनकपुरधाम। मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ।

मधेश सरकारले भोलि पारणको दिन पनि बिदा दिने निर्णय गरेका छन्। मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी समेत दिएका छन्।

जनकपुरधामसहित देशभर आज छठ पर्वको मुख्य दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइँदै छ। भोलि उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट