कला/साहित्य

७० वर्षपछि नेपालमै बन्यो, थ्रीडी बुक शान्तीको डायरी

काठमाडौँ । नेपालमै पहिलोपटक शान्तीको डायरी थ्रीडी कमिक बुक बिमोचनभएको छ । काठमाडौँको पर्यटन बोर्डमाआयोजित एक कार्यक्रमकाबीच शैक्षिक र प्राविधिकदुईवटै कुरा समावेश भएको अनुपम पुस्तकबिमोचनभएको हो ।

बरिष्ठ समाजसेवीतथा लेखिका सुश्रीभद्रकुमारी घलेज्यूको प्रमुखअतिथ्यमाउदघाटन गरिएको उक्त पुस्तक थ्रीडी चश्माको सहायताले हेर्दा थ्रीडी प्रविधिमा देखिने रुपकक्रियशनप्रा.लि. काअध्यक्ष रुपकशाक्यले बताए । किताबआफैमानौलो र आधुनिक रहेको र यसभित्रकाचित्रहरु नेपालको एतिहासिककलाले भरिपूर्ण रहेको एउटा साहसिक र थ्रीलर कथाबस्तु समेटिएकोपुस्तकभएको शाक्यले बताए ।

अध्यक्षशाक्यकाअनुसार शान्तीको डायरी थ्रीडी कमिक् बुक निर्माण गर्नुको प्रमुखउदेश्यभनेकै कथाभित्र रहेको पात्रहरुलाई वास्तविकतवरले महसुस गरी कथामा डुब्नु हो र प्रविधिको आनन्द उठाई भरपुर रमाइलो महसुस गर्नु हो । ६८ पृष्ठको यस पुस्तकभित्र एक योगीको जीवनीलाई चित्रण गरिएको छ जो आफ्नो साहसिकयात्रामाआउने हरेक उतारचढावलाई डटेर अगाडी बढ्दै जान्छ र असंख्य कष्टहरुको सामनागर्दै आफ्नो लक्ष्यपार गर्न खोज्छ ।

यसलाई अब चाँडै नेपालीबजारमा सर्वसुलभ मूल्यमाविक्रिवितरण गरिनेछ भने ईबुक मार्फत सारा संसारमाप्रकाशित गरी नेपालमाबनेको प्रविधिलाई विश्वसामु चिनाउनुनै कम्पनीको उद्देश्य रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *