ताजा समाचार

भुवन केसीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै आयोगले अध्यक्ष केसीलाई स्पष्टीकरण सोधेको हो ।

सार्वजनिक संस्थामा कार्यरत कर्मचारीले निर्वाचन प्रचारप्रसारमा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता विपरीत भएकाले केसीलाई स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *