मनोरञ्जन

मध्यरातमा अनिता गिरीको भिडियो सार्वजानिक

काठमाडौं र नेपाली कलाकारीतामा अहिले नायिका तथा मोडल अनिता गिरीको चर्चा बढ्दै गइरहेको छ ।

७ वर्ष देखि अनिता यस कला क्षेत्रमा अनवरत रुपले काम गर्दै आएकी छिन । उनी विभिन्न म्युजिक भिडियो, टिभीसि एड, सर्ट फ्लिम हुँदै अब भने ठुलो पर्दामा ड आउटलयर बाट देखिदै छिन ।

सानै उमेर देखि कला क्षेत्रमा लागेकी उनी एउटा कुशल कलाकार बन्न जस्तो पनि भुमिका निर्वाह गर्न सक्नु पर्छ भन्ने मान्यता राख्छिन । अनिता आफ्नो कलाले सबैको मन जित्न चाहन्छिन ।

उनले आफ्नो परिचयात्मिक सिनेमाटिक भिडियो मध्यरातको १२ बजे आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन । हाल उनी कला क्षेत्रमा आवद्ध भएका हस्तीहरुसङ सहकार्य गर्दै छिन ।

सो सिनेमाटिक भिडियोलाई सम्पादन पदम सुबेदीले गरेका छ्न भने कलर ग्रेडिङ्ग मिलन बिश्वकर्माको रहेको छ । साथै छायन्कन बिनोद तामाङ्गले गरेका हुन भने सुभास श्रेष्ठ प्रधानले निर्देशन गरेका हुन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *