राजनीति

लिखुपिकेको समग्र विकासका लागि गठबन्धनलाई भोट हाल्नुहोस : बलबहादुर केसी

काठमाडौं । आगमी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रिय तथा पुर्व निर्वाचित जनताका ढुकढुकी,विकासप्रेमी नेता बलबहादुर केशीले सोलुखुम्बु जिल्लाबाट गठबन्धन नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका लागि उमेदवारी दिएका छन् ।

सोलुखु्म्बुबाट बलबहादुर केसीले नेपाली कांग्रेसका तर्फबाट लगातार चार पटक सम्म विजय हासिल गरेर पाँचौ पटकका लागि सोलुखुम्बु् जिल्लाको सम्रग विकासका लागि पुन विजय हासिल गर्ने पुर्ण विश्वासका साथ जनताका माझमा आएका छन । उनले आजबाट मात्र होइन विगत लामो समयदेखि राजनितिमा अनुशासित, जनमुखी,र लोकतन्त्रमा विश्वास दिलाउदै समग्र सोलुखुम्बुवासी जनताको विकासका लागि काम गर्दै आएका छन ।

संघियता लागु भएपछि स्थानीय तहमा पांच वर्ष काम गरेर जन्ताको ढुकढुकीमा बस्न सफल नेता यस पटकको निर्वाचनमा पनि सोलुखुम्बुवासीको मतबाट विजय हुने दृढ विश्वासमा छन् । नेपाली कांग्रेसका नेता बलबहादुर केसी सोलुखुम्बु जिल्लाका बिकास महानायक हुन । उनलाई सोलुका जनताले मात्र विश्वास गर्दैनन् उनलाई देशभरका बौद्धिक बर्गले समेत मुल्याङकण गर्दै आएका छन् ।

जिल्लाको लिखुपिके गाँउपालिकामा आयोजित चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै नेपाली कांग्रेसले सातौ पटक विश्वास गरेर सोलुखुम्बुवासी तथा देशको समग्र विकासका लागि जनताका माझमा मत माग्न आएको उनले बताए । कांग्रेसले मात्र नभएर पाँचदलिय गठबन्धनको विश्वासको पात्र भएर निरन्तर जनताद्धारा निर्वाचित हुँदै आएको बताए ।

उनले भने,‘ आगामी निर्वाचनमा कांग्रेस गठबन्धन माओवादीका तर्फबाट प्रदेशसभा सदस्य निर्वाचनमा क्षेत्र न.(क) मा कर्ज्याङ जी र गम्बु सेर्पा रहेका छन भने यस्तै क्षेत्र नं (ख) मा सितबहादुर बस्नेत र राजेन्द्रलाई पार्टी तथा गठबन्धनले टिकट वितरण गरेर चुनावी अभियानमा जनताको घर आगनमा मत माग्न पठाएको छ ।’ गठबन्धन सोलुखुम्बुमा मात्र नभएर ७७ वटै जिल्लामा भएको केशीले बताए । चुनावी अभियान कार्यक्रममा केही व्यक्तिहरुले गठबन्धनका वारेमा कुरा उठाएपछि केशीले भने,‘ गठबन्धन आजमात्रै यो देशमा भएको होइन ।’

यो देशमा नेपाली कांग्रेसको सरकार थियो भने नेकपा माओवादी जनआन्दोलनमा होमिएको थियो । जनयुद्ध क्रान्ति गर्ने माओवादीलाई सरकार चलाउने गिर्जा प्रसाद कोइराले दुनियाँमा नभएको इतिहास मेलमिलाप गरेर,अवतरण गराएर यो देशमा शान्ति कायम गर्नुभयो । त्यो मेलमिलाप होइन ? त्यो गठबन्धन होइन ? यो पहिलो गठबन्धन हो ।दोस्रो गठबन्धन, शान्ति स्थापना कहिले भयो ? मेलमिलाप कहिले भयो ? शुशिल कोइराला नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री भएको बेलामा संविधान जारी गरेको होइन् ?त्यो गठबन्धन हैन? त्यो मेलमिलाप भएन ? अनि आज केपी ओलीले संविधान च्यातिरहेको अवस्थामा शेरबहादुर र प्रचन्ड मिलेर संविधान बचाउ सफल भएका छन् ।

बहुदलिय व्यावस्था, पंचायती व्यावस्था नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको व्यावस्था भएर पंचायती व्यावस्थाको अन्त्य भएकोे हो । गठबन्धन मेलमिलाप भएर सात दलको नेतृत्वमा १९ दिने आन्दोलन भएर राजतन्त्रको समाप्त भएको छ । सो अनुसार यो देशको आवश्यकता अनुसार देशलाई बचाउने, जनताका अधिकारहरुलाई बचाउने,स्वाभिमानलाई बचाउनका लागि गठबन्धनको आज पनि आवश्यकता देशलाई परेका छ । त्यसैले मुलुकको समग्र विकास शान्ति स्थापनाका लागि मेलमिलाप आजबाट मात्र नभएर विगतबाट नै हुँदै आएको केशीले बताए । तेसा्रे कुरा हामी तपाँइको लिखुपिके गाउँमा मत माग्न आएका छौ केशिले भने , नेपाली कांग्रेसका सम्पुर्ण जनताले नेपाली कांग्रेसको मत जति छ त्यो बचाएर नेपाली कांग्रेसलाई बहुमतले विजय गराउनुहोस । माओवादीका नेता कार्यकर्ता तथा मतदाताहरुले माओवादीका लागि मत बचाएर माओवादीलाई आगामी निर्वाचनमा विजय गराउनुहोस ।

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गठबन्धनका उमेदवारले पाएको मतको हिसाब गर्दै विगतको तुलनामा अहिलेको मतपरिणाम हिसाब गरेर कस्को सिटमा कति मतदान हुन्छ सुनिश्चित गर्न गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई केशीले चनाखो निश्चित र आगामी निर्वाचनमा विजयका हात हल्लाउने वातावरण सिर्जना गर्न समेत आग्रह गरे ।


कांग्रेसले माओवादीलाई र माओवादीले कांग्रेसलाई विश्वास गर्नुपर्छ , मतदान गर्नुपर्छ अनि मात्र निर्वाचनमा विजय हासिल गर्न सकिने मत केशीका छ । निर्वाचनमा सहज जित हासिल गर्नका लागि कांग्रेस र माओवादीका नेता,कार्यकर्ता तथा मतदाताबीच
त्रिकोणत्मक एउटै मुटुको सम्बन्ध हुन आजको आवश्यकता रहेको उनले बताए । एउटाको अभाव भयो भने निर्वाचनमा विजय हासिल गर्न निकै कठिन भएकाले यी तीन वटै एकाइहरु सकरात्मक ढङगले अघि बढ्नु पर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

अहिले देशका ठुला नेता नेपाली कांग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएकाले नै माओवादी र कांग्रेसका नेता,कार्यकर्ता मतदाता र सुभचिन्तकले समेत उँहाहरुले गरेको निर्णयलाई मान्नुपर्ने हुन्छ । यसो गरेको खण्डमा प्रतिपक्ष दलका नेता तथा कार्यकर्ता भन्दा बलियो बन्न सक्षम बन्न सकिने नेता केशिले बताए ।

यस पटककको निर्वाचनमा लिखुपिके गाँउपालिकाबाट निर्वाचित भए पुरस्कार स्वरुप यस ठाउँको विकास विकास निर्माणमा दश करोड गाउँको विकासलाई पहिलो प्राथमिकतामा बजेट छुट्याउने प्रतिबद्धता समेत केशिले गरेका छन ।

महिलाको नेतृत्व समेत राम्रो भएको सोलुखुम्बु जिल्लामा तीने तहको संघ, प्रदेश र स्थानी तहको सरकार बन्ने भएकाले यस क्षेत्रको समग्र विकासका लागि गठबन्धनलाई बहुमतले विजय गराउन सोलुखुम्बुवासी सम्पुर्ण नेता ,कार्यकर्ता तथा मतदाताहरुलाई आग्रह गरेका छन् ।

विगतको निर्वाचनमा विजय भए पश्चात यहाँको विकासमा लगनसिल भएर गुणस्तरीय विकासका काम गरेर नै जनताको जनप्रेमी नेता बनेको केशिको भनाइ छ । विगतमा थालेका केही काम पुरा भए भने केही अन्य काम गर्न बाँकी छन् । बाँकी रहेका काम पुरा गर्ने र नयाँ विकासका आधारहरु खडा गर्ने प्रतिबद्धता जनाउदै आगामी मंसिर ४ मा सोलुखुम्बुवासीको भाग्य र भविष्य बदल्ने दिन भएकाले सम्पुर्ण गठबन्धनको टिमले ढुक्क भएर गठबन्धनलाई जिताउनुपर्ने केशी बताउँछन् ।

प्रतिपक्ष दल नेकपा एमालेले गठबन्धन टुटाउँदै आएकाले विगतमा काम सुरु गरेका विकासका योजनाहरु बाँकी रहेकाले अब गठबन्धनको काँधमामा आएका छन् । ती अपुर्ण ओजनाहरुलाई आकार दिनका लागि पनि आजको आवश्यकता गठबन्धनका टिमलाई विजय गराउनु हो,उनले भने । नेकपा एमालेले मात्र होइन कांग्रेसले सुरु गरेका केही मात्रामा बाँकी रहेका काम अबको निर्वाचनमा विजय भएपश्चात नी अपुरा विकासका आयोजनाहरुले पुर्णता पाउने समेत उनले बताए ।

विगतको तुलनमा विकासले निकै फड्कको मारिसकेको छ । उनले भने,‘ विकास निरन्तर परिवर्तन हुने पक्रिया भएकाले आवश्यकता अनुसारका विकासका स्तम्भहरुको आधार तय गर्दै हामी गइरहेका छौं ।’ विकासप्रेमी नेता भएकाले हामीले केपी ओली जस्तो धेरै बोलेर थोरै काम गर्ने परम्परा भन्दा ठिक विपरित आफुँले गर्न सक्ने संभव हुने मात्र बोलेर काम गर्दै आएको समेत उनले दावी गरे ।

विकासका कामहरु थुप्रै भएपनि प्राथमिकताका क्रममा सडक भएको खास गरे दुई –तीन वटा सडक खास गरेर सदरमुकामलाई केन्द्रित गरेर हेर्दा लालुधुरा सडकलाई दुईवटा गाउँपालिकाका दुधकुण्ड र लिपुपिखे गाँउपालिका बीच सम्झदारी गरेर सम्पन्न गर्ने उनले बताए । अवका बांकी रहेका विकासका आयोजनाहरु सम्पन्न गर्नका लागि अब नेपाली कांग्रेसलाई विजय गराउनका लागि लिखुपिके गाउँपालिकाका मतदाताहरुलाई आग्रह गरेका छन् ।

सडककै कुरा गर्दा दोस्रो सडकमा जसमानेभञ्जयाङको बाटो सुरु भएर पनि आर्थिक रुपमा मजबुद नै भएपनि काम सम्पन्न नभएकाले अब नेपाली कांग्रेस तथा गठबन्धनको टिमले नै सम्पन्न गर्नु पर्ने बाध्यता देखिएकाले आगामी निसर्वाचनमा नेपाली कांग्रेस तथा गठबन्धनको टिमलाई विजय गराउन सोलुखुम्बु जिल्लाका सम्पुर्ण नेता कार्यकर्ता तथा आम मतदाताहरुलाई ढुक्क भएर आगामी निर्वाचनमा मतदान गर्न आग्रह गरेका छन्।

विधुत, शिक्षा,स्वास्थ्य, रोजगारी ,संचार,सडक,कृषि यसका साथै अन्य थुपै विकासका आधारभुत पुर्वधारहरुको पुर्ण विकास गरी सोलु्खुम्बु जिल्लाको मोडेल परिवर्तन गर्ने सपना बोकेका विकासप्रेमी नेतालाई विजय गरानु भनेको सोलुको मुहारमा घाम लाग्नु हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *