निर्वाचन-२०७९

मौनअवधिको उल्लघन गर्दै भोट माग्न पुगेपछि युवाहरुले लखेटे्

नुवाकोट । मौनअवधिको उल्लघन गर्दै नेकपा एमालेका उमेदवार केशबराज पाण्डेलाई बेलकोटगढी नगरापालिका वडा न. १३ का युवाहरुले लखेटेका छन् ।

मतदातालाई प्रभावित पार्न नुवाकोट क्षेत्र न.२ (क) का उमेदवार पाण्डेलाई समुदायको मत प्रभावित पार्ने उदेश्यले आएको भन्दै संयुक्त गठबन्धनका कार्यकर्ताहरुले पाण्डेलाई लखटेका थिए । निर्वाचन आयोगले विहिवार मध्यरातीबाट मौन अवधि लागु गर्दै उमेदवारलाई भोट माग्न, प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ ।

मौनअवधिमा निर्वाचन प्रचारप्रसार तथा चुनाव संग सम्बन्धित घरदैलो कार्यक्रम गर्न नहुने, मतदाता प्रभावित पार्ने कार्य भोजभतेर , आर्थिक प्रलोभन, धाकधम्कि, बन्देज जस्ता कार्यमा प्रतिबन्ध लगाएको छ ।

उक्त क्षेत्रबाट प्रतिनिधिसभामा गठबन्धनका साझा उमेदवार नेपाली कांग्रेसबाट अर्जुन नरसिंह केसी र एमालेका उमेदवार नारायण खतिवडा छन, भने प्रदेश (क)मा गठबन्धनका साझा उमेदवार माओवादी केन्द्रका रामप्रसाद ढुङगाना र केशबराज पाण्डेले उमेदवारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *