निर्वाचन-२०७९

एमालेका महासचिव पोखरेलद्वारा मतदान

काठमाडौं । नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शङ्कर पोखरेलले मुलुकमा राजनीतिक ध्रुविकरण अपरिहार्य भएको बताए ।

आज तुलसीपुर १८ विजौरीस्थित जनता संस्कृत माविमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने , “मुलुकमा राजनीतिक ध्रुविकरण अपरिहार्य भइसकेको छ, किनकी राजनीतिक परिवर्तनका लागि दलहरु बीच सहकार्य जरुरी हुन्थ्यो ।”

विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने र आफूहरु बलियो राष्ट्रियशक्ति निर्माणको अभियानमा रहेको उनको भनाइ छ ।

 उनले  निर्वाचनले मुलुकलाई नयाँ दिशातर्फ डो¥याउनेमा आफू विश्वस्त रहेको बताए । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *