निर्वाचन-२०७९

छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले मतदानका क्रममा छिटफुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रहेको जनाएको छ । आइतबार जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा  अपरान्ह १२ः४५ बजेसम्म झण्डै ३२ प्रतिशत मतदान भएको आयोगले जानकारी दिएको छ । 

सामान्य विवादका कारण रोकिएका मतदान केन्द्रमा पुनः सुचारु भइसकेको केहीमा मतदान कार्य सुचारु गर्न राजनीतिक दल एवं उम्मेदवाहरूबीच छलफल भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय रोकिएको मतदान कार्य सुचारु गर्न र साँझ ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको प्रवक्ता शर्मा पौडेलले बताए । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *