निर्वाचन-२०७९

काभ्रेपलाञ्चोक–१ (१) मा माओवादी विजयी

काठमाडौं । प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (१) को सदस्यमा नेकपा (माओवादी केन्द्र)का रत्न ढकाल विजयी भएका छन । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा नौ हजार चार सय ४२ को भारी मतान्तरसहित उनी बिजय भएका हुन् ।

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका ढकालले २० हजार सात सय २० मत प्राप्त गरेका छन  । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार दिलबहादुर तामाङ (दिलीप)ले ११ हजार दुई सय ७८ मत प्राप्त  गरेका छन्  ।  २०७४ सालको निर्वाचनमा ढकाल सोही निर्वाचन क्षेत्रबाट विजयी  भएका छन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *